काठमाडौ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘नेप्से एआई’ नामक मोबाइल एपमार्फत हुने ठगी घटनाबारे सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।
प्रहरीको साईबर शाखाका अनुसार हाल सामाजिक सञ्जालमा उक्त एप डाउनलोड गर्न प्रेरित गर्दै सेयर बजारको विश्लेषणमार्फत बढी नाफा कमाउन सकिने भ्रामक प्रचार भइरहेको छ ।
यसै सन्दर्भमा सीआईबीले चेतावनी जारी गरेको हो । यो एप मार्फत कमाउने लोभले अन्तत फस्न सक्ने प्रहरीले बताएको छ ।