युबराज पहाडी ।
काठमाडौ । नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशनमा केन्द्र, प्रदेश र जिल्लामा यस अगाडी सक्रिय परम्परागत गुटबन्दी भत्किने स्थिति देखेपछि तल्ला देखि उपल्ला नेता आ–आफ्नो तयारी गर्दै आफ्नो दाबेदारी बलियो बनाउन लागिरहेका छन ।
बिधानत पार्टी सभापति शेरबहादुर देउवा दुई कार्यकाल भन्दा धेरै उम्मेदवार हुन नपाउने रहेकाले केन्द्र, प्रदेश र जिल्ला जिल्लामा पुराना भत्कने र नयाँ समीकरण बन्ने कसरत भईरहेका छन ।
नेपाली काङ्ग्रेस कोशी प्रदेश भरकै आधार किल्ला ओखलढुंगामा पुराना गुट छाड्ने नयाँ समीकरण बनाउन गठजोर चलिरहदा पार्टी सभापति हुन सक्ने सम्भाबित नेताहरुको दौडधुप जारी छ ।
जिल्ला सभापतिको सम्भाबित रेसमा हालका सभापति तेजेन्द्र खनाल, नबराज केसी, कुमार लुइँटेल, कमल तामाङ, बालकृष्ण दाहाल, रुद्र अधिकारी महिला नेतृ गोमा केसी र बाला अधिकारी छन । यद्यपि केन्द्रिय सदस्य रामहरि खतिवडा र प्रदीप सुनुवारको समर्थन कुन कुन नेतालाई हुन्छ त्यसले सम्भाबित सभापतिमा आकाङ्क्षिको सङ्ख्या तलमाथि भने पर्ने छ । सभापतिका आकाक्षिबारे संम्क्षिप्तमा
तेजेन्द्र खनाल (जिल्ला सभापति ओखलढुंगा)
१४ औं अधिबेशनमा सभापति निर्वाचित पछि बिना विवाद पार्टी चलाएका खनालले संगठनमा आफ्नो उपस्थिति केन्द्रिय सदस्यद्वयले साथ नदिदा पनि मजबुत हुने बनाएका छन । प्रत्येक वडा सम्म आफ्नो उपस्थिति अझै निर्णायक बनाउन उनले विवाद रहित दोश्रो तहका नेताहरुलाई जिम्मेवारी दिदै कार्यक्षेत्रमा खटाएका छन । आज सम्म जिल्लामा भएका सफल सभापतिहरु मध्ये खनाल पहिलो स्थानमा छन । पार्टीका कुनै पनि कार्यकर्ताको मन नदुखाउने, जिम्मेवार बिहिन कार्यकर्तालाई जिम्मेवार दिने, पार्टी भित्रका बिचार समुहलाई एकढिक्का बनाएको, जिल्लामा पार्टीलाई पहिलो बनाउदै कोशी प्रदेशको पुरानो किल्ला जोगाएको कारण उनको पक्षमा जिल्लाको संगठन एक हुने छ । खनालको एक मात्र कार्यभार उपसभापति नबराज केसीको ब्यबस्थापन हो त्यो बाहेक अन्य कुनै कुराले उनको फेरी दोहोरिने आकाङ्क्षालाई रोक्ने छैन । १४ औं अधिबेशन अगाडीका शक्ति समुह(गुट) सहित खनाल जिल्लाको प्रमुख एक मात्र निर्णायक शक्ति हुन । अधिकाङ्श कार्यकर्ता उनको पक्षमा खुलेर लाग्ने छन । जिल्लाको प्रमुख शक्ति उनी आफै भएकाले फेरि दोहोरिने कि नदोहोरिने छिनोफानो उनैले गर्ने छन ।
नबराज केसी (जिल्ला उपसभापति ओखलढुंगा)
आउने १५ औं अधिबेशनमा टिमबाट सभापतिको उम्मेदवार बनाउने मौखिक सहमति पछि १४ औं अधिवेशनमा उपसभापति बनेका नबराज केसी स्वभाबिक सभापतिका दाबेदार हुन । केसीको अधिक पकडक्षेत्र चम्पादेबी गाउँपालिका १५ औं अधिबेशनको सार्बाधिक प्रतिनिधिहरुको निर्णायक हुने छ । १४ औं अधिबेशन खिजिदेम्बा निर्णायक हुन्छ भने जस्तो यो पटक चम्पादेबीले जिल्ला अधिबेशनको निर्णय(छिनोफानो) गर्न सक्ने देखिन्छ । चम्पादेबीको अलवा अन्य स्थानीय तहका कार्यकर्ताको बिश्वास जित्ने गरि उनले सक्रियता बढाउदै लगेका छन । उनी आम कार्यकर्ताको नजरमा आशा गरेका केही नेतामध्ये एक हुन । नबराज केसीलाई बिच्काउदा स्थानीय, प्रदेश र संघको निर्वाचन फलामको चिउरा हुने हेक्काले नेताहरु झनै झस्किने छन । किनभने आम निर्वाचनमा उनको अभिभावकत्व बिना चम्पादेबी अहिलेकै लयमा हुने छैन । आम कार्यकर्ताका अनुसार केसीको राजनीति इमानदारीता साच्चिकै ओखलढुंगाको काङ्ग्रेस पार्टीको लागि अति आवस्यक छ । उनको ब्यबस्थापन नेताहरुको लागि मुख्य काम हुने देखिन्छ । जिल्लाका सम्पुर्ण स्थानिय तहका कार्यकर्ताले उनिमाथी न्याय गर्ने छन । राजनीतिमा तिक्डम नहुने हो भने उनि निर्बिकल्प उम्मेदवार हुन । १५ औं अधिबेशन बारे हामीसगको साक्षत्कारमा उनले आम नेता कार्यकर्ताले मूल्याकंन गर्ने विश्वास व्यक्त गरे । बिश्लेशकहरुका अनुसार उनको उम्मेदवारीको टुंगो नलागी १५ औं अधिबेशन अगाडी बड्ने छैन ।
कमल तामाङ (जिल्ला उपसभापति ओखलढुंगा)
जिल्लाका करिब ५० प्रतिशत जनजाति प्रतिनिधिको काखमा बसेका नेता हुन कमल तामाङ । हक्की स्वभाव, प्रष्ट बक्ता, पक्ष विपक्षसग तत्काल रणनीति बनाउन सक्ने उनको खुबी मन पराउने धेरै कार्यकर्ता उनको पक्षमा उभिने छन । १४ औं अधिबेशनमा पार्टी उपसभापतिमा जिल्लाकै पहिलो भोट सहित उनको दमदार उपस्थितिले कार्यकर्तामा थप हौसला बढाएको छ । जिल्लामा हरेक भुभागका परिबर्तनकारी कार्यकर्ताको उनि रोजाईमा पर्दछन । जनजातिको छोरो हरेक समुदायको आवाज उठाउने, गलत कुराको विपक्षमा उत्रने उनको शैली माथिल्लो पङ्तिलाई असामान्य लागे पनी तल्लो क्षेत्रीय प्रतिनिधि भएर आउने कार्यकर्ताको पङ्ती ज्यादा खुसी छ । उनको ब्यक्तिगत आचरण मन पराउनेको सङ्ख्या धेरै ठूलो छ । पार्टी उपसभापति भएसगै उनको प्रभाव प्रत्येक स्थानीय तहमा मजबुत बनेको छ । अन्यायमा परेका कार्यकर्तालाई न्याय दिने १५ औं अधिबेशनमा उनको अठोट हुने छ । नेता कार्यकर्ता बिच समान अधिकार र पार्टी भित्र न्यायको लडाईमा उनको पक्षमा युबाशक्ती एक हुने देखिन्छ । उनी बिनाको काङ्ग्रेस नुन बिनाको तरकारी जस्तो हुने हुदा सभापतिमा उनको उम्मेदवारी सशख्त हुने छ । प्रसङ्गबस सुनकोशी सन्देश मिडियाको जिज्ञासामा तामाङले भने यो बाकी समय प्रत्येक गाउँ टोलका क्षेत्रीय प्रतिनिधिको पिर मर्काको सम्बोधन गर्न मनै देखि लाग्ने छु, कसैलाई कुनै भ्रम नहोस सभापतिमा मेरो उम्मेदवारी सतप्रतिशत पक्का हो ।
कुमार लुइँटेल (कोशी प्रदेश सदस्य नेपाली काङ्ग्रेस)
जिल्लाको प्रत्येक वडासम्मै सङ्गठनमा प्रभाव रहेका एक मात्र नेता हुन कुमार लुइँटेल । हरेक टोल देखि वडा प्रतिनिधिहरुका परिचित नेता लुइँटेल प्रती आस्था राख्ने कार्यकर्ताहरुको सङ्ख्या अरुले आकलन गरे भन्दा धेरै ठूलो छ । उनी हरेक नेतासग भोट प्याटनमै अगाडी रहेका पार्टी नेतृत्व हुन । धेरै कुरा केन्द्रको गठबन्धनले समेत लुइँटेललाई जिल्ला सभापतिमा स्वभाबिक उम्मेदवार पक्का बनाउदै लगेको छ । उनी पार्टी महामन्त्री गगन थापाको बिश्वासिलो पात्र हुन । अहिले सम्म कुनै पद बिना राजनीतिमा लागिरहेका जिल्लाका सिनियर नेता मध्येका एक मात्र लुइँटेललाई हरेक तह र तप्काका कार्यकर्ताले साथ दिने छन । पछिल्लो समय जिल्ला नेताहरुको आकर्षणको पात्र हुँदै लुइँटेल अगाडी बढेका छन । लुइँटेलका अनुसार उनको उम्मेदवारी सतप्रतिशत पक्का हो ।
रुद्र प्रसाद अधिकारी (कोशी प्रदेश सदस्य नेपाली काङ्ग्रेस)
पार्टी भित्र लामो योगदान गरेका, जिल्लाभर परिचित, सबैलाई मिलाएर लान सक्ने, जिल्लाको राजनितीमा विवाद रहित, कार्यकर्ता मैत्री नेताका रुपमा रुद्र अधिकारी पर्दछन । आफ्नो ब्यक्तिगत उपस्थिति जिल्लाब्यापी बनाउन बाकी समय प्रयास गर्ने उनको ध्यान देखिन्छ । सकभर सहमतिमा सभापति लड्ने सहमति नहुदा आफ्नै बलबुताले अधिबेशन फेस गर्ने कठोर रणनीतिमा उनी लागेका छन । केन्द्रिय सदस्य सहित जिल्लाका तमाम नेताको सहानुभूति आफुमा रहनेमा अधिकारी ढुक्क छन । अधिकारी आगामी अधिबेशन भन्दा अगाडी सङ्गठनमा ध्यान दिदै कार्यकर्ताको मन जित्ने पक्षमा लागेका छन ।
बालकृष्ण दाहाल (केन्द्रिय अध्यक्ष प्रजातन्त्र सेनानी संघ)
यस अगाडी रहेका ओखलढुंगाका दुई गुटमध्ये एक गुटका नेता बालकृष्ण दाहाल प्रत्येक वडासम्म नेटवर्क भएका नेता हुन । धेरै पटक जिल्ला अधिबेशनमा सभापतिमै प्रतिस्पर्धा गरेर पराजित भएका दाहाललाई एक पटक जिताएर न्याय गराउने ओखलढुंगाका क्षेत्रीय प्रतिनिधिहरुको आकाङ्क्षा छ । केन्द्रमा कोइराला परिवार भित्र राम्रो समन्धमा बाधिएका दाहालको समुह ओखलढुंगामा मजबुत छ । १४ औं अधिबेशन पछि बाकी रहेको एक समुहका नेता दाहाललाई जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यको स्वभाबिक रोजाईमा पर्ने हुदा उनी बलियो उम्मेदवार हुन । सालिन नेता दाहाल पछिल्लो समय सम्पुर्णका प्रिय नेताको दर्जामा आसीन छन । उनी हाल नेपाल प्रजातन्त्र सेनानीसंघका केन्द्रीय अध्यक्ष हुन ।
गोमा केसी (पुर्ब जिल्ला सभापति, ओखलढुंगा)
नेपाली काङ्ग्रेस ओखलढुंगाको पुर्ब सभापति गोमा केसी प्रष्ट बक्ता, हक्की स्वभावको भएको कारण धेरै कार्यकर्ताको रोजाइमा पर्दछिन । अन्यायको विरुद्धमा खरो उत्रने केसी १५ औं अधिबेशनमा महिला सभापति भएर इतिहास लेख्नु पर्छ भन्ने पक्षमा लागेकी छिन । उनी केन्द्रमा समेत केही सिमित महिला नेताको पङ्तिमा स्थापित नेता हुन । उनी ओखलढुंगाको बिकास र समृद्धिको आवाज केन्द्र सम्म पुर्याउने नेतामा पर्दछिन । नेपाली काङ्ग्रेस ओखलढुंगाको सक्षम नेताको रुपमा उनलाई कार्यकर्ताले बुझेका छन । अन्याय र अत्याचार विरुद्ध लाग्ने केसी नेपाली काङ्ग्रेसको केन्द्रमा सिधा पहुच भएकी नेता हुन ।
बाला अधिकारी (महासमिति सदस्य, नेपाल पत्रकार महासंघ पुर्ब कार्यबाहक अध्यक्ष)
बाला अधिकारी सक्षम र अव्वल नेतृ हुन भन्नेकुरा भर्खरै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनले प्रमाणित गराईसकेको छ । दुई दुई जना पुरुषहरु निर्वाचन गराउन नसकी राजिनामा दिएर कुलेलाम हुँदा कार्यवहाक अध्यक्ष बनेकी अधिकारीले बिधि र प्रकृयाबाट निर्वाचन सम्पन्न गराई कृष्ण प्रसाद भट्टराईले २०१२ साल चैत्र १६ गते स्थापना गरेको नेपाल पत्रकार महासंघको शाख बचाउदै महिला नेतृत्वको गर्विलो ईतिहॅास रचेकी छन । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यलयमा अध्यक्षहरुको पंतिमा कृष्ण प्रसाद भट्टराई बाट शुरु भएर पहिलो महिला नेतृत्व बाला अधिकारीको सम्म फोटो टॅासिएको देख्दा आम नेपाली सहित संचार जगतलाई गर्व लाग्छ । उनि नेपाली काङ्ग्रेस ओखलढुंगाका तमाम कार्यकर्ताले आसा र विश्वास गरेकी नेता समेत हुन । उनलाई ओखलढुंगाको हरेक वडाबाट आउने करिब ३० प्रतिशत महिलाहरुले अभिभावक मान्ने गर्दछन । जिल्लाका प्रत्येक वडा वडामा अधिकारीको जनसम्पर्क स्थापित छ । लामो समय नेपालको फ्रण्ट लाईनमा पत्रकारीताको माध्यमबाट समाज परिवर्तन र महिला पत्रकारहरुको क्षमता अभिवृद्वि, सामाजिक विकृतीका विषयमा खबरदारी गर्ने बाला अधिकारी कार्यकर्ताको भरोषाकी पात्र हुन । आम कार्यकर्ताका अनुसार नेपाली कॅाग्रेस ओखलढुंगामा उनको सशख्त उपस्थिति सहितको आवश्यकता छ । अधिकारी आर्थिक रुपमा सवल, नेतृत्वमा सफल नेपाली कॅाग्रेसमा आबद्व हुने ओखलढुंगाका महिला नेतृमध्ये जिल्लाको एक मात्र पिएचडी गर्दै गरेकी शिक्षित नेता हुन । देशले गर्व गर्न लायक ब्याक्तित्व भएको र महिला नेतृत्वलाई स्थापित गर्न सक्ने क्षमता रहेको कारण पनि बौद्धिक जमातको साथ सहित ओखलढुंगामा पार्टी सभापतिको उनि सशक्त उम्मेदवार हुन ।
माथी उल्लेखित नेताहरुले ओखलढुंगामा कुनै न कुनै योगदान गरेका छन । प्रत्येक वडाबाट छनोट भएर आउने प्रतिनिधिले भोट दिएर सभापति छान्ने हुदा प्रतिनिधि सम्पुर्णका साझा हुन । १४ औं अधिबेशनको भन्दा १५ औं अधिबेशनमा कयौं गुणा बुझ्ने प्रतिनिधि आउने भएकाले उनिहरुले स्वबिबेकले सभापति छान्ने छन ।
बिगतका अधिबेशनमा जस्तो कुनै अमुक नेताको आशीर्वादले मात्र जितिन्छ भन्ने मनसाय हो भने त्यो नेता संचार जगतले यश अगाडी इङिगत गरेको डाईनोसर हुने छ । एक नेताका अनुसार पुरानो गुटको समर्थन प्राप्त रहेकाले म बलियो छु भन्ने मीठो सपना र कल्पनाले हरेक उम्मेदवारलाई १५ औं अधिबेशनले राजनीतिकबाट बिस्तापित पक्का गराउने छ । बाकी समयले उम्मेदवारको शक्ति बढाउने वा घटाउने निर्कोल गर्ने छ । हामी आगामी दिनमा नेताका मत पोलिङ्ग सहित महाधिवेशनको अपडेट लिएर आउने छौ ।